एमाओवादी धम्कीलाई जनताले माफी दिन्नन् : पूर्वप्रधानमन्त्री चन्द
भीमदत्तनगर, १ फागुन । एकीकृत नेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाको नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार चलाउने भनी दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आपत्ति प्रकट गर्नु भएको छ ।
शुक्रबार महेन्द्रनगरमा नेपाल उद्योग परिसङ्घ कञ्चनपुर–कैलाली च्याप्टरले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला–२०७१ को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री चन्दले संविधान निर्माणका विवादित विषयमा सहमति गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले अध्यक्ष दाहालले दिएको अभियुक्तको आलोचना गर्दै जनताले कुनै हालतमा माफी नदिने ठोकुवा गर्नुभयो । सत्तारूढ दलले ल्याएको नौबँुदे प्रस्ताव खारेज नगरिए समानान्तर सरकार चलाउने अध्यक्ष दाहालले बिहीबार चेतावनी दिनुभएको थियो ।
संविधान निर्माणका लागि बहुमतीय प्रक्रियाको विरोध गरिरहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्नेमा उहाँको जोड थियो ।
देशलाई सङ्घीयतामा लैजाँदा सुदूरपश्चिमलाई टुक्र्याउन नदिने बताउँदै उहाँले सुदूरका नौ जिल्लाका बासिन्दामा कुनै पनि विषयमा विभेद नरहेको धारणा राख्नुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया