लागुऔषधसहित दुई युवक पक्राउ
लहान, १ फागुन । प्रहरीको टोलीले सिरहाको लहान नगरपालिकास्थित खुटी खोलाको बगरबाट आज लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कोरेक्ससहित लहान नगरपालिका–४ निवासी २७ वर्षीय देवकुमार पण्डित र सोही ठाउँका २८ वर्षीय बेचन मण्डललाई पक्राउ गरेको हो ।
खुटीखोलाको बगरमा शङ्कास्पद अवस्थामा भेटिएका दुवैजनालाई चेकजाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध कोरेक्स भेटिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी प्रहरीको गस्ती टोलीले लागुऔषध मुद्दामा २०६८ सालदेखि फरार रहेका सिरहाको इनरुवा गाविस–९ कल्याणपुर निवासी ४३ वर्षीय राजदेव यादवलाई गएराती पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले फरार यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आज सिरहा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया