त्रिभुवन फुटबल क्लब विजयी
मोरङ (पथरी), १ फागुन । विराटनगरमा जारी तेस्रो विराट गोल्डकपको आज सम्पन्न खेलमा नेपाल आर्मीको त्रिभुवन फुटबल क्लब विजयी भई क्वार्टर फाइलनमा प्रवेश गरेको छ ।
आर्मीले सशस्त्र प्रहरी बल काठमाडौंको एपिएफ फुटबल क्लबलाई २–० को अन्तरले पराजित गरेको छ । आर्मीले असोजमा बुटवलमा भएको बिपी कोइराला स्मृति गोल्ड कप फुटबलको फाइनलमा २–१ को गोलले पराजित भएको बदलासमेत लिएको छ । यस विजयीले आर्मी यस वर्ष पाँच उपाधि हात पार्ने दाउमा छ ।
आर्मीले खेल सुरु भएको ७९औँ मिनेटमा आर्मीका भरत खवासले दिएको पास सदुपयोग गर्दै टङ्क बस्नेतले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । सशस्त्रलाई दबबामा राखेको आर्मीले ८६आँै मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आमीलाई २–० गोलको सुनिचित जित गराउनुभएको थियो ।
पहिलो हाफमा दबाबमा खेलको सशस्त्रले पाएको बारम्बार गोल गर्ने अवसर चुकाउँदा घर जान बाध्य भयो । सशस्त्रका नवीन लामा चबन्नौँ मिनेटमा प्रहार गरेको गोल आर्मीका गोलरक्षक विकेस कुथुले सानदार बचाउनुभयो । खेल सुरु भएको बत्तीसौँ मिनेटमा आर्मीका नवीन लामाले गरेको कडा प्रहार एपिएफका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउनुभयो ।
खेलको ‘म्यान अफ द म्याच’ आर्मीका टङ्क बस्नेत घोषित हुनुभयो । प्रतियोगिताको शनिबारको खेल भाइचुन भुटियाको युनाइटेड फुटबल क्लब सिक्किम र जगदम्बा लुम्बिनी फुटबल क्लब रुपेन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया