शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:५४
वासिङटन डिसी 12:09

राष्ट्रपति डा यादवसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन

इनेप्लिज २०७१ माघ २९ गते १५:५६ मा प्रकाशित

supreme1काठमाडौँ, २९ माघ । राष्ट्रपति डा. रामवरण यादवसमक्ष प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

आर्थिक वर्ष २०७०। ०७१को सो प्रतिवेदनमा जम्मा २४ हजार ७३५ मुद्दामध्ये पाँचहजार ९४६ (२४दशमलव ०४प्रतिशत)मुद्दा फछ्र्यौट (छिनिइ)भइ १८ हजार ७८९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा तीन दशमलव ०९ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएको जनाइएको छ ।

प्रतिवेदनमा सर्वोच्च अदालत, पुनरावेदन अदालत, जिल्ला अदालत, विषेश अदालत, न्यायपरिषद् न्यायसेवा आयोग, श्रम अदालत, राजस्व न्यायाधिकरण, श्रम अदालत, बैदेशिक रोजगार न्यायाधिकरणले सम्पादन गरेका मुख्य–मुख्य कामकारबाहीका विवरण पनि समेटिएका छन् ।

भावी संविधानमा न्यायपालिकाको स्वतन्त्रता तथा स्वयत्तताको प्रत्याभूति, भौतिक संरचनाको सुधार, न्यायाधीशहरूलाई सुरक्षा र आवासको सुविधाजस्ता विद्यमान समस्या र चुनौतिका साथै सुझाव पनि प्रतिवेदनमा छ ।

प्रतिक्रिया