फिफा बरियतामा नेपाल छ स्थानमाथि
काठमाडौँ, २९ माघ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औं स्थानमा पुगेको छ ।
फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनीले १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औं स्थानमा आइपुगेकोछ । यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १८६ औँ स्थानमा रहेको थियो ।
दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औँ स्थानमा पुगेको छ । यस्तै दुई स्थान तल झरी अफगानिस्तान १४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औँ स्थानमा पुगेको छ ।
यस्तै भारत १७१ औं यथास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ औं स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ ।
विश्व च्याम्पीयन जर्मनी शीर्ष स्थानमा कायमै रहँदा क्रमशः अर्जेन्टिना, कोलम्बिया, बेल्जियम, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स, उरुग्वे र स्पेन दोस्रोदेखि दशौ स्थानसम्म रहेका छन् ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया