शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०२:४५
वासिङटन डिसी 17:00

संविधानसभा उपनिर्वाचन चैत २८ मा धुर्मुस र सुन्तली सरसफाइ दूत

इनेप्लिज २०७१ माघ २९ गते १२:१९ मा प्रकाशित

Durmus-suntaliकाठमाडौँ, २९ माघ । बाग्लुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते संविधानसभाको उपनिर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले बाग्लुङ–१ का प्रत्यक्ष निर्वाचित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि खाली रहेका उक्त क्षेत्रको निर्वाचनका लागि मिति तोकेको हो । सरकारले निर्वाचन आयोगलाई त्यसअनुसारको पत्र पठाउने निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले आज मन्त्रिपरिषद्को बैठकपछि पत्रकारले जानकारी दिनुभयो ।

बैठकले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् प्रणाली विस्तार आयोजनाका लागि युरोपेली सङ्घबाट प्राप्त ९५ मिलियन डलर अर्थात् रु ११ अर्ब १६ करोड बराबरको ऋण सहायता तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड सञ्चालनका लागि रु एक अर्ब ५० करोडको पुँजी संरचनासहितको प्रस्ताव स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।

सरकारले सरसफाइको कामलाई प्रभावकारी बनाउँदै सन् २०१७ सम्म ‘एक घर एक शौचालय’ बनाई खुला दिसामुक्त क्षेत्र बनाउने कार्यलाई प्रभावकारी तुल्याउन कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरसफाइ दूतका रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया