तोकिएकाभन्दा बढी शुल्क लिने एम्बुलेन्सलाई कारबाही गरिने
पाँचथर, २९ माघ । एम्बुलेन्स सञ्चालन समिति पाँचथरको बैठकले तोकिएको शुल्कभन्दा बढी रकम लिनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
फिदिमदेखि ताप्लेजुङसम्म पुगेर आएको रु नौ हजार लिँदै आएकामा आजबाट लागू हुने गरी रु सात हजार मात्रै लिन पाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरमा बसेको समितिको बैठकले अन्य स्थानका पनि भाडा घटाउन पाँच सदस्य समिति गठन गरिएको प्रजिअ प्रदीराज कँडेलले बताउनुभयो ।
यस्तै असल चालक र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई जनही रु २० हजारसहित सम्मान गरिने समेत निर्णय गरिएको प्रजिअ कँडेलले जानकारी दिनुभयो ।
बिना इजाजत दुईवटा एम्बुलेन्स सञ्चालनमा
यसैबीच जिल्लामा दुईवटा एम्बुलेन्स बिना दर्ता सञ्चालन भइरहेको भन्दै बेनामे उजुरी जिल्ला प्रशासन कार्यालय पाँचथरमा परेको छ ।
दर्ता बिना नै ती दुईवटा एम्बुलेन्स सञ्चालन भइरहेकाले छानबिनको माग गर्दै सो उजुरी परेको बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया