स्वास्थ्यमन्त्री र मालदिभ्सका स्वास्थ्य राज्यमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीसँग नेपाल भ्रमणमा रहनुभएका मालदिभ्सका स्वास्थ्य राज्यमन्त्री डा मोहम्मद हबिबले आज उहाँकै कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–मालदिभ्स सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको मन्त्री अधिकारीका स्वकीय सचिव दिलीप न्यौपानेले राससलाई बताउनुभयो ।
चिकित्साशास्त्र तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नेपालले हासिल गरेको उपलब्धिबाट मालदिभ्सले सिक्न चाहेको अभिव्यक्ति राज्यमन्त्री हबिबले दिनुभएको तथा पर्यटन विकासको क्षेत्रमा मालदिभ्सको अनुभव नेपालका निम्ति उपयोगी हुने आशय मन्त्री अधिकारीले व्यक्त गर्नुभएको जानकारी उहाँले दिनुभयो ।
“दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थापनाकालदेखि नै दुवै मुलुकबीच निकट सम्पर्क र समन्वयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य हुँदै आएको सन्दर्भका साथै पारस्परिक सहयोग आदानप्रदान तथा अनुभव साटासाट गर्नेबारेमा दुई मन्त्रीबीच छलफल भएको थियो”, भेटवार्तामा सहभागी स्वकीय सचिव न्यौपानेले भन्नुभयो ।
नेपालबाट चिकित्सा विज्ञान पढेर डाक्टर हुन पाएकामा आफूलाई गर्वानुभूति भएको उहाँले बताउनुभएको थियो । राज्यमन्त्री हबिबले सन् २०११ मा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट स्नातकोपाधि हासिल गर्नुभएको थियो । भेटका अवसरमा नेपालका लागि मालदिभ्सका अवैतनिक वाणिज्यदूत निर्वाण चौधरीको उपस्थिति थियो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया