कोपा डेल रेमा बार्सिलानाको शानदार जित
काठमाडौं, २९ माघ । कोपा डेल रेमा बार्सिलोनाले सेमिफाईनलमा भिल्लारियललाई पराजित गरेसँगै आफ्नो जारी खेलमा दशौं पटकसम्म लगातारको जित कायमै राखेको छ ।
आयोजक भिल्लारियलले स्पानिस जायन्ट क्लब बार्सिलोनालाई पहिलो हाफसम्म त दबाबमै राखेको थियो तर उसको दबाब ४१ मिनेसम्म पनि टिक्न सकेनन जब स्टार खेलाडी लियोनल मेस्सीले लुईज स्वारेजको पासलाई करिव १६ यार्डबाटै गोलमा परिणत गराए ।
मेस्सीले गोल गरेको ७ मिनेटमै भिल्लारियलका म्यानु ट्रिग्युरोसले खेललाई बराबरीमा पुर्याए तर आन्द्रे ईनिस्टाले बार्सिलोनाको अग्रता कायमै राखे । उनले ४९ औं मिनेटमा गोल गरेका थिए । खेलको ६४ औं मिनेटमा डिफेण्डर जेरार्ड पिकेले गोल गरेसँगै बार्सिलोना ३–१ ले विजयी भएको हो ।
यसअघि बार्सिलोनाको खेल त्यति सन्तोषजनक थिएन् । गत जनवरीमा त क्लबका प्रशिक्षक ईन्रिक र स्ट्राईकल मेस्सीवीच नै विवाद भएको हल्ला चलेको थियो । जनवरीमा बार्सिलोना रियल सोसाईडडसँग पराजित भएको थियो । तर त्यसपछिका सबै खेलमा भने बार्सिलोना विजयी बन्दै आएको छ ।
सेमिफाईनलकै अर्को संस्करण भने आगामी बुधबार हुनेछन जहाँ बार्सिलोनाकै अर्को प्रतिद्धन्दी इस्पान्योल र एटलेटिक विल्वाओले प्रतिस्पर्धा गर्दैछन् ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया