सिम्रिक एयरलाइन्सले भ्यालेन्टाइन डेमा विशेष पर्वतीय उडान गर्ने
इनेप्लिज
२०७१ माघ २९ गते ९:५१ मा प्रकाशित
काठमाडौं, २८ माघ । सिम्रिक एयरलाइन्सले प्रणय दिवसको अवसरमा विशेष सहुलियत दरमा युवा–युवतीलाई लक्षित गरि विषेश पर्वतीय उडान गर्ने भएको छ ।
आन्तरिक वायु सेवा संचालन गरिरहेको एयललाईन्सले आगामी फेब्रुअरी १४ तारेखमा विशेष पर्वतीय उडान भर्ने जनाएको छ ।
कम्पनीले हरेक वर्ष प्रणय दिवसको अवसरमा विषेश पर्वतीय उडान गर्दे आएकाले यो वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।
एयरलाइन्सका अनुसार हरेक जोडीले काठमाडौंबाट हुने पर्वतीय उडानका लागि सहुलियत भाडा दर १५ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ ।
त्यसैगरि पर्यटकिय नगरी पोखरामा हुने माउन्टेन फ्लाइटका लागि हरेक जोडीको भाडा डदर १० हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाले बताए ।
थापाका अनुसार प्रणय दिवसको विशेष पर्वतीय उडानको टिकट लिने जोडीलाई विशेष उपहार समेत प्रदान गरिने छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया