भारतको पश्चिमी भागमा प्रधानमन्त्री मोदीको मन्दिर खुला हुने
अहमदाबाद, २८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक मन्दिर उहाँकै गृहराज्य गुजरातमा खुला हुने भएको छ । यो मन्दिर उहाँका कडा समर्थकले तयार गरेको बताइएको छ ।
यो मन्दिर आइतबार कोठारिया गाउँमा औपचारिक रूपमा खुला हुनेछ । यसमा प्रधानमन्त्री मोदीको मूर्ति राखिएको छ र त्यसलाई उहाँका समर्थकहरूले दैनिक रूपमा पूजा गर्नसक्ने बताइएको छ ।
अहमदाबादबाट २१० किलोमिटर पर गाउँमा उक्त मन्दिर निर्माण गर्न मोदीका करिब ३५० भक्तले साना रूपमा चन्दा सङ्कलन गरिरहेका थिए ।
एक भक्त रमेश उन्धादले यसअघि आफूहरूले भारतमाताको पूजा गरिरहेको र गत केही वर्षदेखि मोदीको पूजा गरिरहेको जानकारी दिनुभयो ।
यस परियोजनाका प्रमुख रमेशले आफूहरूले पहिले भारतमाताको पूजा गर्दा पनि मोदीको तस्वीर पछाडि राखेर गरेको बताउनुभयो ।
गुजरातमा लामो समयसम्म मुख्यमन्त्री रहनुभएका मोदी गत मे महिनामा राष्ट्रिय रूपमा शासनमा आउनुभएको थियो । उहाँले मोदी लहरको रूपमा अनेकौँ सभालाई शक्तिशाली रूपमा सम्बोधन गर्नुभएको थियो ।
यसो भए पनि ६४ वर्षीय प्रधानमन्त्री मोदीको दलले दिल्लीको स्थानीय निर्वाचनमा पराजय भोग्नुपरेको छ । यो उहाँ मुलुकको शासनमा पुगेपछिको पहिलो पराजय हो ।
कोठारिया गाउँले भने उहाँलाई निरन्त रूपमा समर्थन दिएको छ ।
रमेशले मोदी गुजरातको मुख्यमन्त्री भए पछि उहाँलाई भगवानको रूप मानेको र राम्राका लागि परिवर्तनहरू हुन थालेको बताउनुभयो ।
चार देखि पाँच लाख रूपैयाँमा तयार भएको उक्त मन्दिर आइतबार एक समारोहमा स्थानीय सांसदहरूले उद्घाटन गर्ने बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया