प्रधानन्यायाधीश साहबाट पदाधिकारीलाई सपथ
काठमाडौँ, २८ माघ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका नवनियुक्त अध्यक्ष लोकेन्द्र मल्लिक र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।
सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश साहले पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश मल्लिक र पूर्वराजदूत गुरुङलाई सपथ गराउनुभएको हो ।
प्रधानन्यायाधीश साहको उपस्थितिमा अध्यक्षद्वय मल्लिक र गुरुङले आ–आफ्ना आयोगका सदस्यलाई पनि पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।
पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले छानविन आयोगको अध्यक्षमा पूर्व मुख्यन्यायाधीश मल्लिक तथा सदस्यमा विजुल विश्वकर्मा, प्राडा विष्णु पाठक, नरकुमारी गुरुङ र आइतबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।
यसैगरी सो सिफारिस समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झालाई नियुक्त गरेको थियो ।
समारोहमा कानुन, न्यायसंविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, कानुन सचिव भेषराज शर्मा, सर्वोच्च अदालतका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया