आर्थिक अनियमितताको विषयमा अध्यक्ष र प्रबन्धकबीच कुटाकुट
लहान, २८ माघ । आर्थिक अनियमितताको विषयलाई लिएर सिरहाको नरहा रिगौल गाविसस्थित लक्ष्मीनारायण साना किसान सहकारी संस्थाका पदाधिकारीबीच आज कार्यालयभित्रै कुटाकुट भएको छ ।
सहकारी संस्थाका प्रबन्धकले संस्थाको रकम हिनामिना गरेको भन्दै कार्यालय भवनमा भइरहेको छलफलमै संस्थाका अध्यक्ष सकुर साह र प्रबन्धक रामनारायण साहबीच कुटाकुट भएको हो ।
संस्थाका सेयर सदस्यहरूबाट बचत भएको रकम तथा ऋण लगानीको क्रममा उठाइने तमसुकवापतको रकम अनियमितता गरेको भन्दै संस्थाका अध्यक्ष साहले प्रबन्धकलाई पदबाट हटाइको पत्र थमाएपछि दुवै पदाधिकारीबीच बैठकमै कुटाकुट भएको छ ।
बैठकमै संस्थाका अध्यक्ष र प्रबन्धकबीच कुटाकुट भएपछि दुवै जनालाई अनुसन्धानका लागि ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो ।
अध्यक्ष सकुरले संस्थाका सेयर सदस्यबाट बचत भएको रकमको हरहिसाब प्रबन्धकले नदेखाएको र हरहिसाब माग्दा उल्टै प्रबन्धकले संस्थाका अन्य पदाधिकारीलाई गालीगलौज तथा हातपात गर्दै आएको आरोप लगाउनुभयो ।
प्रबन्धक साहले भने आफूमाथि अध्यक्षले नै हातपात गरेको बताएका छन् ।
अनियमिततामा आफूमात्र संलग्न नभएको स्वीकार्दै प्रबन्धक साहले संस्थाका पदाधिकारीको मिलोमतोमा आर्थिक अनियमितता भएको स्वीकार्नु भयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया