कृषकलाई दुई प्रतिशत व्याजमै ऋण अनुदान: कृषि मन्त्री पराजुली
भक्तपुर, २८ माघ । कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकासका लागि सरकारले कृषकलाई दुई प्रतिशत व्याजदर मै ऋण उपलब्ध गराउने नीति ल्याउन लागेको बताउनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार एवम् पावर टिलर ट्र्याक्टर हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ, सरकारले कृषक परिचयपत्रको माध्यमबाट सिमान्तकृत कृषकलाई दुई प्रतिशत व्याजदरमा एक लाखदेखि १० लाखसम्म ऋण अनुदान दिने व्यवस्था गर्न लागेको छ ।”
कृषिलाई आधुनिकीकरण गर्न सरकारले ‘एक गाउँ दुई प्राविधिक’ अभियान ल्याएको बताउँदै उहाँले गाउँगाउँमा कृषि समूह बनाएर कृषि पकेट क्षेत्र घोषणा गरी सहयोग गरिने नीति छ भन्नुभयो ।
कार्यक्रममा मन्त्री पराजुलीले उत्कृष्ट कृषक पुरस्कारबाट रामशरण सापकोटा, रमेश थुँसा श्रेष्ठ र बुद्धिकुमार त्वाय्नालाई रु १० हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया