सोमबार, कार्तिक १० २०७७
काठमाडौं १०:५६
वासिङटन डिसी 01:11

बाह्रबुँदे समझदारीका सहयात्री दलबीच एकता हुनुपर्छ: नेता भट्टराई

इनेप्लिज २०७१ माघ २८ गते १४:२७ मा प्रकाशित

Baburam_Bhattaraiबेलौरी (कञ्चनपुर), २८ माघ । एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले बाह्रबुँदे समझदारीका सहयात्री दलहरूबीच सहमति हुन नसके संविधान बन्न नसक्ने बताउनुभएको छ ।

आज कञ्चनपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, “नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसवादी शक्तिबीच सहमति नभएसम्म संविधानको कल्पना गर्न सकिँदैन ।”

उहाँले बाह्रबुँदे र शान्ति सम्झौताका पक्षधरलाई पन्छाएर संविधान जारी गर्न काँग्रेस–एमाले नेतृत्व उद्यत रहेको आरोप लगाउँदै यसबाट मुलुकको हितभन्दा पनि मुलुकमा भाँडभैलो मच्चिने खतरा रहन्छ भन्नुभयो ।

सत्तापक्षले संविधानको मस्यौदा मतदानमा लग्ने प्रक्रिया रोके एमाओवादीलगायतको मोर्चा वार्तामा बस्न तयार रहेको नेता भट्टराईको भनाइ थियो । रासस

प्रतिक्रिया