सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०९:३३
वासिङटन डिसी 23:48

रुखबाट लडेर वृद्धको मृत्यु

इनेप्लिज २०७१ माघ २८ गते १४:१४ मा प्रकाशित

इलाम, २८ माघ । सिद्धिथुम्कामा घाँस काट्ने क्रममा आज एक वृद्धको रुखबाट लडेर ज्यान गएको छ ।

सिद्धिथुम्का–३ का खगप्रसाद ढकालको घरमा काम गर्न बसेका महमाई–३ का ७० वर्षीय सोमदत्त रसाइलीको रुखबाट लडेर ज्यान गएको हो ।

घाँस काट्न बोरीको रुखमा चढेका वृद्धको रुखबाट लडेर टाउकाको पछाडिपट्टि गम्भीर चोट लागेको थियो । घाइते रसाइलीलाई उपचारका क्रममा जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया