संविधानसभा किन बहिष्कार गर्दैछ राप्रपा नेपाल ?
काठमाडौँ, २८ माघ । राप्रपा नेपाल पनि संविधानसभा बहिष्कार गर्ने निष्कर्षमा पुगेको छ ।
बिहीबारका लागि बोलाइएको संविधानसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बहिष्कार गर्ने निर्णय गरेको छ ।
संविधानसभाको प्रस्ताव निर्माण समितिले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षताको सम्बन्धमा प्रश्न बनाउन नपाउने भनेपछि त्यसको विरोध गर्र्दै आएको राप्रपा नेपालले संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
सिहंदरबारमा बुधबार भएको सो पार्टीको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले चौथो ठूलो दलका रुपमा रहेको सैद्धान्तिक अवधारणालाई अवज्ञा गर्दै प्रश्नावलीमा प्रश्न नै समावेश नगर्ने प्रश्नावली समितिको कदम निरंकुश र अधिनायकवादी भएको निष्कर्षसमेत निकालेको छ ।
बैठकले सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्र, हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायत विषयमा जनमत सङ्ग्रहद्वारा निर्णय हुनुपर्ने आफ्नो मागलाई बलात् उपेक्षा गर्ने जुनसुकै कारबाहीको भत्र्सना गर्ने निर्णय गरेको छ ।
आफ्नो माग प्रस्ताव निर्माण समितिद्वारा प्रस्तुत प्रश्नावलीमा सम्बोधन नगरिने यो प्रक्रिया जारी रहुन्जेलसम्म संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया