शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०३:२५
वासिङटन डिसी 17:40

दमकको लायन्स क्लबलाई जग्गादान

इनेप्लिज २०७१ माघ २८ गते १:५७ मा प्रकाशित

दमक, २८ माघ । लायन्स क्लब अफ दमक माउन्ट एभरेस्टको भवन निर्माणका लागि दमकका तीन दाताले करिब रु १० लाख मूल्य पर्ने एककट्ठा जग्गा दिएका छन् ।

लायन्स ग्रिनरी कोलनीका सञ्चालकत्रय चन्द्र गजमेर, फौद गहतराज र वीरबहादुर रामदामले संयुक्तरुपमा लायन्सको भवन निर्माण गर्न दमक–४ स्थित डाकिनीको एक कट्ठा जग्गा दान गर्नुभएको हो ।

लायन्स क्लबका कोषाध्यक्षसमेत रहनुभएका गजमेरले संस्थाको कार्यालय भवन बनाउन सो जग्गा दिएको र आगामी वर्षबाट काम थाल्ने बताउनुभयो ।

प्रतिक्रिया