जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
इनेप्लिज
२०७१ माघ २८ गते १:५० मा प्रकाशित
इनरुवा, २८ माघ । जिल्ला शिक्षा कार्यालय सुनसरीको संयोजनमा आदर्श उच्च मावि बराहक्षेत्रमा भएको जिल्लास्तरीय चित्रकला प्रतियोगिता मङ्गलबार सम्पन्न भएको छ ।
प्रतियोगितामा माध्यमिकतहका १५ विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए ।
बाल केन्द्रित जलवायु परिवर्तन अनुकूलन परियोजनाअन्तर्गत जलवायु परिवर्तनमा बालबालिकाको सन्दर्भमा कोरिएका चित्रकलालाई आयोजकले मूल्याङ्कनको आधार बनाएको थियो ।
प्रतियोगितामा कोसी जनता मावि हरिपुरका इन्द्रजीतकुमार सदा प्रथम भएका थिए भने राष्ट्रिय मावि लौकहीका नारायण मण्डल दोस्रो, प्रकाश उच्च मावि प्रकाशपुरकी बिनिता राई तेस्रो र भालढुङ्गा उच्च मावि विष्णुपादुकाका विश्वास विक चौथो भएको आयोजकले जानकारी दिएको छ ।
सो अवसरमा विजेतालाई सिल्ड तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया