सिरियालाई आईएसमाथि अमेरिकी नेतृत्वमा हुने आक्रमणका विषयमा जानकारी प्राप्त भयो
बेरुत, २७ माघ । सिरियाका राष्ट्रपति बसार अल–असादले दिनुभएको र मङ्गलबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी नेतृत्वमा इस्लामिक स्टेट समूहमाथि सिरियामा हुने हवाई आक्रमणका विषयमा दमासकसले जानकारी पाउने गरेको बताउनुभएको छ ।
उहाँले दमासकसमा बीबीसीलाई दिनुभएको एक अन्तर्वार्तामा कहिलेकाँही यो सूचना सामान्य सन्देशको रूपमा प्राप्त हुने पनि जानकारी दिनुभयो ।
उहाँले यस विषयमा छलफल नभएको तर सूचना प्राप्त गरेको बताउनुभयो ।
गत वर्ष सेप्टेम्बर २३ देखि आफ्नो क्षेत्रमा आईएसमाथि हवाई आक्रमणलाई सिरियाले हिच्किचाएर स्वीकार गरेको छ ।
यसो भए पनि उसले यस विषयमा समन्वय गर्न नसकेको भनी गठबन्धनको निरन्तर रूपमा आलोचना गरेको छ ।
अन्तर्वार्तामा सिरियाली राष्ट्रपति असादले अन्तर्राष्ट्रिय समुदायले जमिनमा सिरियाली सेनासँग समन्वयमा काम नगरेसम्म हवाई आक्रमणबाट आईएसलाई पराजित गर्न नसक्ने बताउनुभएको छ ।
उक्त अन्तर्वार्तामा राष्ट्रपति असादले आईएसविरुद्ध गठबन्धनमा प्रवेश गर्ने कुरालाई अस्वीकार गर्नुभएको छ ।
उहाँले आफूहरूले त्यस्तो गर्न नसक्ने र आफूहरूसँग त्यस्तो गर्ने चाहना नभएको र नचाहेको बताउनुभयो । उहाँले आतङ्कवादीलाई समर्थन गर्ने मुलुकसँग आफूले गठबन्धन गर्न नसक्ने बताउनुभयो ।
उहाँले आफूलाई पदमुक्त गर्न चाहने कुरामा सङ्घर्ष गर्ने समूहलाई आतङ्कवादी भन्नुभएको छ र पश्चिमी मुलुकले विद्रोही समूहलाई समर्थन गरेका छन् ।
सिरियाली राष्ट्रपति असादले अमेरिकी अधिकारीहरूले अन्तर्राष्ट्रिय कानुन तोड्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले आफ्नो मुलुकमा आफ्नो सार्वभौमसत्ता रहेको र पश्चिमी मलुकले आफूसँग वार्ता नगरेसम्म पनि आफूले पनि वार्ता गर्न नचाहेको बताउनुभयो ।
सन् २०११ मा सिरियामा सरकार विरोधी प्रदर्शन सञ्चालन हुन थालेपछि हालसम्म दुई लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया