चालु आवमा खेलकुद रङ्गशाला निर्माण सुरु हुने
भक्तपुर, २७ माघ । महामञ्जुश्री नगरकोट नगरपालिका वडा नं ५ स्थित मिश्रिकोटारमा रहेको ५५ रोपनी क्षेत्रफलमा खेलकुद रङ्गशाला बन्ने भएको छ ।
सो सार्वजनिक जग्गाको आज युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अवलोकन गर्नुभयो । उहाँका साथमा सभासद् केदार सञ्जेल, नेकपा(एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष बच्चन देउजा, एमाले जिल्ला सदस्य एवं स्थानीयवासी दामोदर दङ्गाल, नगरकोट नगरपालिका एमाले नगर समिति संयोजक विष्णु तामाङलगायत करिब दुई सय स्थानीय बासिन्दा हुनुहुन्थ्यो ।
सो अवसरमा स्थानीय बासिन्दाले सरकारले छिटोभन्दा छिटो सो जग्गामा खेलकुद रङ्गशाला बनाउनुपर्ने माग मन्त्री पौडेलसमक्ष गरेका थिए ।
मन्त्री पौडेलले भने रङ्गशालाका लागि उपयुक्त जग्गा भएकाले प्रारम्भिक काम गरी तत्कालै खेलकुद मन्त्रालयमा आगामी फागुन मसान्तभित्र प्रतिवेदन पेस गर्न नगरपालिकालाई निर्देशन दिँदै मन्त्रालयले मन्त्रिपरिषद्बाट पारित गराई चालु आवदेखि नै पूर्वाधार निर्माणको काम सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया