विश्वका अर्बपतिको सूचीमा चौधरी १५९ स्थान माथि
इनेप्लिज
२०७१ माघ २७ गते १६:३० मा प्रकाशित
काठमाडौँ, २७ माघ । विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरी एक हजार ३०६औँ स्थानमा पुग्नुभएको छ ।
अमेरिकबाट प्रकाशित पत्रिका ‘फोब्र्स’ले आज सार्वजनिक गरेको सूचीमा उहाँ रु एक अर्ब ३० करोड अमेरिकी डलर सम्पत्तिका साथ गत वर्षको तुलनामा १५९ माथि चढ्नुभएको छ । सो पत्रिकाका अनुसार एक वर्षमा उहाँको सम्पत्ति रु २० अर्ब बढेको छ । गत वर्ष उहाँको सम्पत्ति रु एक अर्ब १० करोड अमेरिकी डलर रहेकामा यस वर्ष २० करोड अमेरिकी डलर अर्थात् करिब २० अर्ब थपिएको हो । यसअघि अर्बपतिको सूचीमा उहाँ एक हजार ४६५ औंँ स्थानमा हुनुहुन्थ्यो । उद्योगपति चौधरी मात्र ‘फोब्र्स’ले सार्वजनिक गर्ने विश्वका अर्बपतिका सूचीमा पर्ने एक मात्र नेपाली हुनुहुन्छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया