‘हेलो सरकार’मा ग्यास र विद्युत्मा कटौतीसम्बन्धी धेरै उजुरी
इनेप्लिज
२०७१ माघ २७ गते १६:१४ मा प्रकाशित
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘हेलो सरकार’मा यही आर्थिक वर्षको पुस मसान्तसम्ममा ३४ हजार ४०० उजुरी दर्ता भएका छन् ।
हेलो सरकार स्थापना भएको तीन वर्षको अवधिमा प्राप्त उक्त उजुरीमध्ये ९७ प्रतिशत अर्थात् ३३ हजार ४६२ उजुरी फछ्र्यौट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । यसैगरी चालु आवको पुस महिनामा प्राप्त ४५४ उजुरीमध्ये करिब ८५ प्रतिशत अर्थात् ३८७ उजुरी फछ्र्यौट भएको छ ।
हेलो सरकारमा सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरी, खाना पकाउने एलपी ग्यासको अभाव र नेपाल विद्युत् प्राधिकरणले तालिका विपरीत गरेको विद्युत्भार कटौतीलगायत विषयमा बढी उजुरी परेको थियो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया