प्रक्रियामा नै गएर संविधान जारी गरिने
बेलौरी (कञ्चनपुर), २७ माघ । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले वार्ता र संवादबाट संविधान ल्याइने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–“संविधानसभाभित्र रहेका सबै दलबीच वार्ता र संवादबाट सहमतिको संविधान ल्याउनुपर्छ ।” प्रवक्ता बडूले एकीकृत नेकपा (माओवादी)सहितको मोर्चाले सडक आन्दोलन त्यागी वार्तामा आउनाको विकल्प छैन भन्नुभयो । “जनतासामु संविधानसभाबाट संविधान बनाउने प्रतिबद्धता जाहेर गरेका दलहरु अवश्य संविधान लेखनमा आउने छन्”–उहाँले भन्नुभयो ।
एमाओवादीलगायत मोर्चाले प्रक्रिया रोक्नुपर्ने मागबारे काँग्रेसले प्रक्रिया नरोक्ने र प्रक्रिया रोके संविधानको काम लम्बिने भन्दै विपक्षीसित वार्ता र संवाद गरी प्रक्रियामा नै गएर संविधान जारी गरिने जिकिर उहाँले गर्नुभयो । बहुजातीय पहिचान झल्कने खालको प्रदेश बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया