मंगलबार, मंसिर २५ २०७५
काठमाडौं ०७:०३
वासिङटन डिसी 20:18

आहा रारा गोल्डकपमा थ्री स्टार विजयी

इनेप्लिज २०७१ माघ २७ गते १५:४४ मा प्रकाशित

three-star-copy_20130519102637पोखरा, २७ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा थ्री स्टार क्लब झापा–११ फुटबल क्लबलाई २–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा थ्री स्टार क्लबका विजय गुरुङले २८औँ र सन्तोष साउखलले ६८औँ मिनेटमा एक एक गोल गरेका थिए । बुधबारको पहिलो सेमीफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया