बुधबार, साउन १ २०७६
काठमाडौं १४:१२
वासिङटन डिसी 04:27

‘वन वे’मा हट करिश्मा

इनेप्लिज २०७१ माघ २७ गते १२:३६ मा प्रकाशित

Karisma-Manandhar

सदाबहार सुन्दरी भनिन्छ, करिश्मा मानन्धरलाई । त्यही सदाबहार सुन्दरताको कमाल एकपल्ट फेरि देखाउने तरखरमा छिन् उनी । फिल्म ‘वन वे’मा उनको हट अवतार छ । फिल्म युनिटले सार्वजनिक गरेको तस्बिरमा करिश्माको सौन्दर्य राम्रैसँग खुलेको छ । सानै उमेरमा बिहे गरेर डिभोर्स भोग्नुपरेको अधबैँसे महिलाको भूमिकामा छिन् । फिल्ममा रविन तामाङसँग उनको केमेस्ट्री मिलेको बताइएको छ । निर्माता राजकुमार राईले आफूले देखे÷भोगेको कथामा फिल्म बनाएको बताए । उनले भने, ‘नेपाली फिल्म समाजसँग नजिक नरहेको गुनासो यो फिल्मबाट मेटिनेछ ।’ जीवनको ‘वान वे’मा गलत बाटोबाट छिर्दा भोग्नुपर्ने दुर्घटनालाई फिल्मले सम्बोधन गर्ने बताइएको छ । दुई पुस्तालाई देखाइएको फिल्ममा युवा पुस्ताको प्रतिनिधित्व भने सिद्धार्थ गुरुङ र माला लिम्बूले गरेका छन् ।

प्रतिक्रिया