भारतमा केजरिवाललाई प्रचण्ड बहुमत, मोदीलाई गतिलो झट्का
नयाँ दिल्ली, २७ माघ । भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त हुने निश्चित भएको छ ।
प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये ६६ स्थानमा अग्रता हासिल गरेको छ । चार स्थानमा मात्र भारतीय जनता पार्टीको भने चार मात्र स्थानमा अग्रता रहेको देखिन्छ ।
भारतीय टेलिभिजनका अनुसार ती ६६ स्थानमा नै आम आदमीको विजय पक्काजस्तै रहेको बताइन्छ । विपक्षी दल काँग्रेसले भने कुनैपनि स्थानमा नजित्ने पक्का भएको छ ।
बेदीले हार्नुभयो
उता भारतीय जनता पार्टीले नयाँ दिल्ली राज्यको मुख्यमन्त्रीका रुपमा अघि सारेकी उम्मेदवार किरण वेदीले भने निर्वाचनमा पराजय भोग्नुपरेको छ ।
नयाँ दिल्ली राज्यको कृष्णा नगरबाट निर्वाचनमा उठेकी उहाँले निर्वाचनमा पराजय भोग्नुभएको भारतीय टेलिभिजनले जनाएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया