बावुराम जिरे खुर्सानी हुन्ः नेता नेपाल
रुपन्देही, २७ माघ । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादीका नेता बावुराम भट्टराईलाई जिरे खुसार्नीको संज्ञा दिनुभएको छ ।
संविधान सभाको निर्वाचनको समयमा गौतम बुद्धको जन्मस्थान रहेको रुपन्देही जिल्लाबाट निर्वाचनमा उठेपनि उनले शान्तिको पाठ सिक्न नसकेको बताउनुभयो । ‘शान्तिका अग्रदूत भवगवान गौतमबुद्ध जन्मेको ठाउँबाट चुनाव लडेपनि भट्टराईले शान्तिको पाठ जानेन्’, नेता नेपालले भन्नुभयो, ‘उनी त उल्टै जिरे खुसार्नी जस्तै पो भएछन् ।’
नेता नेपालले बावुरामलाई एक हप्ता लुम्बिनी आएर बसी सोच्नसमेत आग्रह गर्नुभयो ।
बुटवलमा आज जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको चौथो साधारण सभा तथा दोस्रो अबिधेशनलाई उद्घाटन गर्दै नेपालले संविधानसभालाई छाडेर ३० दलीय मोर्चा सडक आन्दोलनमा होमिनुको कुनै साथर्कता नभएको बताउनुभयो । उहाँले नमिलेका विषयमा छलफल गर्न आफूहरु तयार भएको भन्दै आन्दोलनलाई जनताले साथ नदिने उल्लेख गर्नुभयो ।
क्षणिक रिसले टाढा भएका प्रतिपक्षहरु नजिक आउने बातावरण तयार भएको भन्दै नेपालले आफूहरुले सहमतिका लागि अधिकतम प्रयास गरेको बताउनुभयो ।
नेता नेपालले एमाओवादी जनताको मर्मलाई नबुझी आन्दोलनमा गएको बताउनुभयो । ‘प्रचण्डले अब आफ्नो पूरा नाम पुष्पकमल दाहालनै झुण्डाएर नाम जस्तै सवलम्ब बन्नुपर्छ’, उहाँले भन्नुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया