ल्यारकालको आलोचना नगरौं: एमाओवादी
काठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल एकीकृत माओवादीले सभासद ल्यारकाल लामाको बचाउ गरेको छ ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज विज्ञप्ति जारी गरेर लामा विज्ञ ब्यक्तिका रुपमा सभासदमा सिफारिससहित नियुक्त गरेको जनाउनुभएको हो । एमालेबाट अर्थ राज्य मन्त्री बनाइएको बेला लामाले पासपोर्ट विवाद भए पनि राज्यका तर्फबाट भएको छानबिनबाट सफाइ पाइसकेको एमाओवादीले जनाएको छ ।
दोस्रो संविधानसभाअघि एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका लामालाई जनजाति तथा बौद्ध समूदायको तर्फबाट संविधानसभाको समानुपातिक निर्वाचनमा उम्मेदवार बनाएको र हाल रिक्त रहेको पदमा सिफारिस गरिएको शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जालहरुमा सभासद बनाएको भन्दै आलोचना भएपछि एमाओवादीले आलोचना नगर्न आग्रह गरेको हो ।
एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला लामालाई अर्थराज्यमन्त्री बनाइएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया