आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २०:२०
वासिङटन डिसी 10:35

सहमति सत्तारुढ दलहरुले भाँडे : भट्टराई

इनेप्लिज २०७१ माघ २७ गते १०:२३ मा प्रकाशित

Baburam_Bhattaraiडडेल्धुरा, २७ माघ । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले सत्तारुढ दलले प्रक्रिया रोकेर वार्ताको वातावरण नबनाएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ ।

कार्यकर्ता प्रशिक्षणको सिलसिलामा डडेल्धुरा आइपुगेका डा भट्टराईले आज बिहान पत्रकार सम्मेलनमा बोल्दै सहमतिको वातावरण सत्तापक्षले भाँडेको आरोप लगाउनुभयो । नयाँ राजनीतिक मूलधार सिर्जना गर्न शान्ति प्रक्रियामा आएको एमाओवादीले प्रगतिशील संविधान बनाउन चाहेको उहाँको दाबी थियो ।

पत्रकारहरुको जिज्ञासामा पूर्व प्रधानमन्त्री भट्टराईले अन्तर्वस्तुमा सहमति नभएसम्म संविधान नबन्ने बताउनुभयो ।

संविधान निर्माणको नाममा कागजको खोस्टोमा आफूहरु सहमत नहुने पनि नेता भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया