कहाँ छन् पाल्पाका हरिबहादुर मलेसियामा
इनेप्लिज
२०७१ माघ २७ गते १०:०८ मा प्रकाशित
पाल्पा, २७ माघ । पाल्पा छहरा गाविस–७ का हरिबहादुर खत्री आठ महिनादेखि मलेसियामा बेखबर बनेका छन् ।
आठ महिनासम्म हरिबहादुर घरपरिवारको सम्पर्कमा नआएको उहाँका ६१ वर्षीय बुबा कर्णबहादुर खत्रीले बताउनुभयो ।
छ वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी परिवारदेखि सम्पर्कविहीन छन् । बुबा कर्णबहादुरका अनुसार उनी गत असारदेखि बेखर बनेका हुन् ।
पहिला घरपरिवारसँग फोनमा कुराकानी गर्ने र घरमा पैसासमेत पठाउने खत्री गत असारदेखि मलेसियामा कहाँ, कस्तो अवस्थामा बसिरहेका छन् भन्ने घरपरिवारलाई थाहा छैन ।
विसं २०६७ साउन १५ गते मलेसिया गएका थिए । खत्री मलेसियामा हराएपछि परिवार चिन्तित बनेको छ । खत्रीका कक्षा २ र कक्षा १ मा पढ्ने दुई छोरी, आमाबुबा र श्रीमती रहेका छन् ।
खत्रीका बुबाले छोराको खोजी गरिदिने नेपाल सरकार र मलेसियास्थित दूतावासलाई समेत अनुरोध गरेका छन् ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया