हलिवूडमा नेपालीको आयोजनामा भब्य रुपमा फिल्म अवार्ड सम्पन्न

इनेप्लिज २०७१ माघ २७ गते ७:५९ मा प्रकाशित

 

 

Award 5अमेरिका, ९ जनवरी / अमेरिकामा प्रथम पटक नेपालीले आयोजना गरेको Los Angeles Independent Film Festival Awards फेब्रुवरी ८ तारिखमा Park La Brea Theatre, Hollywood मा भब्यरुपमा सम्पन्न भएको छ ।

Award 7
प्रारम्भिक चरणमा बिश्वभरिका यु.के., स्पेन, तुर्की, इटाली, क्यानडा, अमेरिका, बेल्जियम, पोर्तुगल, जर्मनी, अस्ट्रेलिया लगायत १९ देशका जम्मा १६० वोटा छोटो फिल्म सहभागी भएका थिए ।

Award 4प्रथम चरणमा २५ देशका १६० फिल्मबाट १९ देशका २१ फिल्म दोश्रो चरणको लागि छनौट भएकामा Best Picture-Spidora (Fred Olen Ray),Best Sci-Fi – Violet (Tom Long), Best Horror/Thriller/Crime- Dirty Bill Of Health, Best Comedy/Dramedy- Low/Fi, Best Foreign Film- Such A Small World, Best Animation Foreign- The Looking Planet, Best Music Video- Don’t Swim, Best Web Series- Assistants, Best Documentary, Best Experimental/Cultural Film/ Sports-Eelan, Best Nature- Baja’s Secret Miracle, Best Time Lapse-Joshua Tree | Immersion छनौट भएका छन । अन्य बिधाहरुको छनौट केहि दिनमा नै हुने आयोजक जसवन्त श्रेष्ठले बताउनु भएको छ ।

Award 1
अर्को संस्करणमा हुन गईरहेको अवार्डमा नेपाली कला संस्कृति झल्काउने फिल्म समावेश गर्न समेत पहल गर्न लागेको र सो सम्बंदी बिस्तृत जानकारी पछि दिने श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया