“अमेरिकामा नेपाली राजनिती: नमच्चिने पिंगको सय झटका”

इनेप्लिज २०७१ माघ २७ गते ७:४७ मा प्रकाशित

 

 

0
म पूर्वी नेपाल स्थित औधोगीक नगरी बिराटनगरमा जन्मिए, हुर्किए र पढ़े पनि ! कामको सिलसिलामा नेपालको पूर्व मेची देखि पश्चिम महाकालीको भ्रमण गर्ने अवसर पनि पाए तर मैले कहिल्यै कतै मेरो प्यारो बिराटनगर पाईन ! चटपटे र झालमुरीको स्वाद मैले कहिं कतै पाईन ! तरकारी किन्न जांदा मैले कहिं पनि बिराटनगरको गुदरी, शनी हाट र मेरो घरै छेउको सोमबारे हटिया पाईन ! कृष्ण महां अष्टमीको रथ यात्रा होस वा सरस्वती पूजा वा होली, यी कुनै पनी पर्व मैले बिराटनगरमा झैं धुमधामको अन्य ठाउंमा पाईन ! अमेरिकामा बस्दा पनी मलाई बिराटनगर निवासी भेंट हुंदा बिराटनगर नै पुगे झैं महसूस हुन्छ ! यस्तो भावनात्मक प्रेमका लागी एउटी छोरीलाई माईतीघर प्यारो लागे झैं मलाई पनी बिराटनगरको मॉयाले सधैं पछ्याई नै रह्यो ! यो भावनात्मक प्रेमले मलाई मात्र छोएको नभएर अरू बिराटनगर निवासी मित्रहरूलाई पनि छोएछ र बिराटनगरवासी विचमा परिचय गर्ने, बिछोडिएका साथीभाई तथा परिवारजनमा भेटघाट गराउने उदेश्यले भर्जिनियामा एउटा भेटघाट कार्यक्रम गर्ने सहमति गरियो ! साथी भाईलाई भेटघाटको निम्तो दिईयो, सबै उत्साहित हुनु भयो तर एउटा कुराले सबैलाई भित्र भित्रै सताई रहेको रहेछ! त्यो थियो कहि यसमा कुनै नेपाली राजनिती त भित्रीएको छैन? यो उहॉहरूको बिलकुल जायज़ सोचाई थियो किनकी अमेरिकामा खोलिएका अनेकौ संस्थाहरू कुनै न कुनै रूपमा नेपाली राजनैतिक पार्टिका पुच्छर संगठन भएर खुलेका छन ! जव हामीले यसलाई प्रस्ट पारि सबैलाई आस्वस्त्त तुल्यायौ कि यो बिराटनगरवासीको नितान्त पारिवारिक भेटघाट कार्यक्रम हो तव भेटघाटमा व्यापक सहभागिता पाईयो! भेटघाटमा सबैले आफ्नो जन्मभूमिको स्मरण गर्नु भयो, बिछोडिएका साथीभाई र आफन्तजनलाई भेटन पाउंदा खुशिले सबै गदगद हुनु भयो र यस कार्यक्रमको व्यापक प्रसंसा पनि गर्नु भयो !

अव यहॉ प्रश्न उठ्छ, अमेरिकामा बसेर माथी भनिए झै वाक्क आउने गरी नेपाली राजनिती किन र कस्का लागी गरिदैछ? के यी अमेरिकामा खोलिएका नेपाली राजनैतिक पार्टिका पुच्छर संगठनको कुनै अस्तित्व छ ? छ भने कसरी र छैन भने किन खोलिन्छन यस्ता पुच्छर संगठनहरू? सबै अमेरिकन नेपालीहरूले यसको उत्तर खोज्नु आवश्यक छ र यस्ता संगठन र तिनका नाईकेबाट टाढा बस्नु बुद्धिमानी हुनेछ !

यसै सिलसिलामा अमेरिकामा बसेर नेपाली राजनिती किन गरिन्छ भनी बिभिन्न भेटघाटमा हुने गरेका छलफलका आधारमा निम्न अनुसार विश्लेषण गर्न सकिन्छ !

१) भाषाको समस्याले तथा अनुभबको कमिले अमेरिकन राजनीतिमा आफ्नो दखल दिन सक्ने हैसियत नहुनु

२) पुर्खेउली उपहारका रुपमा नेपाली राजनीतिलाई ग्रहण गरि त्याग्न नसक्नु

३) बिबिध किसिमका संगठनको नेता भै त्यस बाट नेपालमा आफ्नो पहिचान बनाउने इच्छा हुनु

४) भर्खरै आएका नेपाली समुदाय माझ आफ्नो लोकप्रियता देखाउनका लागि संगठन खोल्नु

५) समय अनुरुप आफु लाई परिबर्तन गर्न नसक्नु, अध्ययनमा रुचि नहुनु

माथिको विश्लेषण बाहेक अन्य कारणहरु पनि हुन सक्लान तर मूल चुरो कुरा के हो भने यदि आफु संग समय छ र आफु लाई समाज सेवा गर्ने चाहना छ भने कुनै पनि राजनैतिक दल को पुच्छर समात्नु आवश्यक पर्दैन ! आफ्नो मातृभूमिको सेवा गर्न कसैले रोक्न सक्दैन तर यसका लागि सबै सचेत र जागरुक हुनु र निश्वार्थ भावना हुनु आवस्यक छ ! अमेरिकामा सरकारी तथा गैरसरकारी निकायमा जागिर खाने, डाक्टर, इन्जिनियर, प्राध्यापक, व्यापार ब्यबसाय गर्ने लगायत अन्य श्रमजीबी नेपाली अमेरिकन समुदायको कुनै कमि छैन ! आफु लाई समय सापेक्ष बदली आफ्नो व्यक्तित्व बिकासका साथै शैक्षिक स्तर बढाउनु आवश्यक छ ! अमेरिका मेहनत गर्नेका लागी अपार अवसर प्रदान गर्ने देश भएकाले उपलब्ध स्रोत र साधनको समयानुकूल उपयोग जस्ले गर्दछ त्यसले कहिल्यै पछि फर्केर हेर्नु पर्ने छैन ! अत: यस अवसरको फाईदा लिई पबित्र आस्थाले मातृभूमिको सेवामा लगाउने सोच भएकाहरूको समूहको सहयोगका लागि कुनै पनि नेपाली अमेरिकन पछि हट्ने छैनन ! यो देशमा अमेरिकन नेपालीका लागी नेपाली राजनितीको न कुनै अस्तित्व छ न कुनै भविष्य नै !

प्रतिक्रिया