साठी युवालाई कृषकलाई तालिम

इनेप्लिज २०७१ माघ २७ गते ५:०३ मा प्रकाशित

timthumb.phpइलाम, २७ माघ । जिल्ला कृषि विकास कार्यालय इलामले युवा लक्षित व्यावसायिक तरकारी खेतीका लागि जिल्लाका ६० जना युवालाई छनौट गरेको छ ।

तरकारी खेतीका लागि ४५४ वटा आवेदन परेकामा ६० जनालाई छनौट गरी कार्यालयले तालिम दिन सुरु गरेको छ ।

उनीहरूलाई तरकारी खेती प्रविधिका लागि प्लास्टिक टनेल निर्माण, थोपा सिँचाइ प्रविधि बारेमा प्रयोगात्मकरुपमा तालिम दिन थालिएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताउनुभयो ।

कम्तीमा पाँच रोपनी जग्गामा दुई सिजनमा तरकारी खेती गर्नुपर्ने कार्यालयले जनाएको छ । छनौटमा परेका युवा कृषक रु ४० हजार बराबरको प्लास्टिक, थोपा सिँचाइ प्रविधि, ट्याङकी, प्लास्टिक ट्रे, मल, बीउ, जैविक विषादी उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा वरिष्ठ कृषि विकास अधिकृत डाँगीसहित योजना अधिकृत प्रकाशमणि काफ्ले, बाली विकास अधिकृत उग्रनारायण चौधरी, माटो विज्ञ नाथुप्रसाद चौधरीलगायतले सहजीकरण गरी रहनुभएको छ ।

प्रतिक्रिया