महिला दिवसको अवसरमा सास्कृतिक कार्यक्रम हुने ।

इनेप्लिज २०७१ माघ २६ गते १६:०२ मा प्रकाशित

 

 

volontari-gita-montagne-nepal.1200एभरेष्ट टाइम्स
न्युयोर्क— अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न मुलुकको कलाकारहरुको साथमा न्युयोर्कमा मनोरञ्जनात्माक सास्कृतिक कार्यक्रम हुने भएको छ । महिला हकहित र एकतासंगै सामाजिक भावनाले हुन लागेको उक्त कार्यक्रम आगामी फेबररीको २१ तारिख हुने भएको कार्यक्रमको संयोजक कुन्ति थापा र सुनिता शर्माले बताए । उक्त कार्यक्रमबाट उठेको रकम ललितपुरस्थित सुस्तमनस्थिति कल्याण विद्यालयलाई दिने भएको संयोजकद्धायले बताए ।

न्युयोर्कस्थित नेपाली महिलाहरुको समुह ‘द नेपालीज उमन अफ न्युयोर्क’ नामक समुहको सक्रियतामा हुने भएको छ । कार्यक्रममा विविध जातजातीको मौलिक भेषभुषा झल्कने पोशाक प्रर्दशनीसंगै अमेरिकन, श्रीलंकन, तिब्बतीयन कलाकारहरुले कला प्रस्तुत गर्न लागेको सस्कृति विभाग संयोजक श्रृजना लामाले बताए । कार्यक्रममा संञ्चारकर्मिहरु अनुज थापा र दिपिका श्रेष्ठले सास्कृतिक कार्यक्रमको बारेमा जानकारी दिएका थिए । हरेक वर्षको मार्च ८ तारिखलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउदै आएका छन ।

प्रतिक्रिया