–ओमप्रसाद घायल
एकै मञ्चमा उभिएपछि एउटा पार्टीका नेताले अर्को पार्टीको नेतालाई मनपरि गाली गर्ने गरेको वा कटाक्ष गरेको कुरा त धेरै सभासम्मेलनहरुमा सुनिन्छ । तर त्यसको ठिक विपरित एउटा पार्टीको नेताले अर्को दलको नेतालाई ‘विकासवादी र जनप्रिय नेता’को उपमा दिएर दिलैदेखि प्रशंसा गरेको कुराले धेरैलाई अनौठो लाग्न सक्छ । राजनीतिको चलनचल्तीमा निकै कम प्रयोग हुने यो संस्कृति पर्वतका धेरै गाउ“हरुमा देखा परेको छ । पर्वत क्षेत्र नं १ बाट निर्वाचित सभासद तथा का“ग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी गाउ“मा पुग्दा अन्य दलका नेताहरुले समेत यसरी ‘विकासवादी र जनप्रिय नेता’को उपमा दिन थालेका छन् । सामुदायिक विकासका हरेक क्रियाकलापमा सभासद जोशीको घनिभूत संलग्नताकै कारण उनी जनप्रिय नेता हुन सकेको कुरा त सहजै अनुमान गर्न सकिन्छ । तर सामान्य नागरिकले नभएर पार्टीकै जिम्मेवार पदमा बसेको व्यक्तिले समेत जोशीको मनभित्रैबाट प्रशंसा गरेर भाषण गर्नु चानचुने कुरा भने होइन । अस्तीमात्र धाईरिङको एक गाउ“मा आयोजित सार्वजनिक सभामा राप्रपा नेपालका नेता गंगाबहादुर दमाईले मञ्चबाटै अर्जुनप्रसाद जोशीको नाममा ‘विकासवादी र जनप्रिय नेता’को उपमा दिनुपर्ने धारणा राखे । ‘अर्जुनप्रसाद जोशी नेता त का“ग्रेसको हो तर गाउ“मा उहा“ले सबैको काम गर्नुभएको छ, यस्तो नेतालाई पाउनु यो क्षत्रको सौभाग्य हो ।’– राप्रपा नेपालका नेता दमाइले भन्दै थिए । नेता दमाइको मात्र नभएर अर्की राप्रपाकी नेतृ जशोदा विकले समेत जोशीलाई यस्तै भनेर सम्बोधन गर्दै थिइन । आफू फरक पार्टीको नेता भएपनि केही समस्या परे अर्जुन जोशीस“ग सहयोग माग्दै आएको र उहा“ले स“धै दिल खोलेर सहयोग गर्ने गरेको विकको भनाई थियो ।
चुनाव जितेपछि धेरै नेताहरुलाई गाउ“मा भेट्न पाइ“दैन । गाउ“मा आएपनि उनीहरुले जनतालाई आश्वासन त बा“ड्छन तर त्यो आश्वासन पुरा गर्ने सामथ्र्य उनीहरुमा नहु“दा उनीहरु जनताबाट तिरस्कृत भइरहन्छन् । तर राजनीतिमा २०५६ सालदेखि निरन्तर चुनाव जित्दै आएका अर्जुनप्रसाद जोशीले जनतालाई आश्वासन दिएभन्दा बढि काम गरेर आफ्नो लोकप्रियतालाई अझै बढाएका छन् । नेता जोशी केन्द्रबाट जिल्लामा सबै भन्दा बढि बजेट पार्ने सिमित नेताहरुको सूचीमा पर्दछन् । कर्मचारी प्रशासनमा एउटा अलग्यै छवि बनाउन सफल जोशी आफ्नो त्यही सामथ्र्यको भरमा यतिवेला पर्वतका गाउ“मा जनतास“ग योजनाहरु माग्दै हि“डेका छन् । उनलाई जनताहरुले धेरैभन्दा धेरै योजनाहरु दिएर आफूलाई सेवा गर्ने अवसर दिए हुन्थ्यो भन्ने लाग्छ । यतिमात्र होइन सभासद जोशीले गाउ“का युवाहरु र महिलाहरुलाई उद्यमशीलतामा लाग्न घच्घचाइरहन्छन् । ‘बाटो बिजुली, खानेपानी र सिंचाइको जिम्मा मलाई दिनुहोस तर तपाईहरु उद्यमशिलतामा लाग्नुहोस तपाईको उद्यमशीलताले घर, समाज र राष्ट्रको समृद्धि हुन्छ ।’ सभासद जोशीले गाउ“का महिलाहरुलाई भन्दैथिए । सभासद जोशी गाउ“मा पुगेपछि नेपाली का“ग्रेसका कार्यकर्ता मात्र नभएर अन्यदलका कार्यकर्ताहरु समेत फुरुङ्ग भएर उनलाई समस्या तेर्साइहाल्छन् । अर्जुन जोशीको एउटा साझा भनाई पनि छ आजकाल ‘म सबैको साझा व्यक्ति हो, हिजो भोट जहा“ हालेपनि मस“ग विकास माग्नोस, दलीय छोइछिटो गरेर विकास हु“दैन, विकासमा सबैले सहकार्य गरौं ।’– अलि पहिले पर्वतको उत्तरी क्षेत्र लेकफा“टको बनबडे पुग्दा त्यहा“का समुदायले भगवान जसरी जोशीको स्वागत सत्कार गर्दा स“गै जाने पत्रकारहरु समेत जिल्ल परेका थिए ।
जोशी १६ बर्षसम्म पार्टीको जिल्ला सभापति, दुईपटक लगातार का“ग्रेसको केन्द्रीय सदस्य र २०५६ सालदेखि निरन्तर संसद सदस्यका रुपमा क्रियाशील छन् । तर जनताको काम गर्ने र हरेक अफ्ठ्यारो परिस्थितिमा समेत चुनाव जितेर सभासद हु“दासमेत पार्टीको केन्द्रीय नेतृत्वले उनलाई मन्त्रीको जिम्मेवारी नदि“दा गाउ“का कार्यकर्ता का“ग्रेस नेतृत्वस“गै असन्तुष्ट छन् । नेतृत्वको चाकडी भन्दा जनताको सुखदुःखमा रमाउने अलि कडा मिजासका जोशी मन्त्रीका लागि नेताहरुको क्वाटर नधाउने एकमात्र स्वाभिमानी नेता हुन् । २०४८ सालदेखि निरन्तर नेपाली का“ग्रेसको पार्टी सभापतिको रुपमा १६ बर्ष, २०५६ सालदेखि निरन्तर जनप्रतिनिधिका रुपमा १५ बर्ष र पार्टीको केन्द्रीय सदस्यको रुपमा ९ बर्ष काम गरिसकेका जोशीले एमालेको पकड क्षेत्र मानिने पर्वत क्षेत्र नं १ बाट निरन्तर चुनाव जित्दै आएका छन् ।
नेता जोशीले २०५६ सालमा एमालेका गणेश पौडेललाई पराजित गरेर पहिलोपटक पर्वत क्षेत्र नं १ मा जनप्रतिनिधिको रुपमा आफ्नो खाता खालेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीका कार्यवाहक सभापति सुशील कोइराला सहित तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला लगायतका धेरै का“ग्रेसी हस्तीहरु हार्दैगर्दा पर्वत १ मा भने उनी जनताकै अपार मायाले चुनाव जित्न सफल भए । उनी गाउ“–गाउ“ पुगे, बिजुली, मोटरबाटो, शिक्षा, स्वास्थ्य खानेपानी तथा अन्य पूर्वाधारका लागि जनताको समस्यालाई बुझे र जिल्लामा नियमित आउने सरकारी बजेटका अलवा करोडौ रुपैया“ आफ्नो व्यक्तिगत पहलमा जिल्लामा भित्राउन सफल भए । विकास र जनताप्रति उनको त्यही समर्पणका कारणले पनि उनले २०७० सालको संविधानसभा निर्वाचनमा समेत आफ्नो जीत सुनिश्चित गर्न सफल भए । हाल पार्टीको केन्द्रीय सदस्य र सभासद बाहेक नेपाली जनसम्पर्क समिति समन्वय विभागको संयोजका रुपमा समेत कार्यरत जोशी विश्वभरि छरिएर रहेका नेपालीहरुको अवस्थाका वारेमा समेत त्यत्तिकै जानकार मानिन्छन् । संविधानसभा, पार्टीको जिम्मेवारी र जनताको काममा बराबर खटिरहेकोले पनि जिल्लामा अन्य नेताको भन्दा उनको कद निकै अग्लो मानिन्छ । अर्जुनप्रसाद जोशीप्रतिको जनताको यही लोकप्रियतालाई देखेर धेरै समकक्षीहरु उनलाई डाह गर्ने गर्छन् । तर काग कराउ“दै जान्छ, पिना सुक्दै जान्छ भन्ने भनाईलाई सिरोधार्य गर्दै नेता जोशी राजनीतिको दीर्घयात्रामा अविश्राम हि“डिरहेका छन् आजपनि ।
प्रतिक्रिया