अमेरिकामा महादेव को उत्पत्ति

इनेप्लिज २०७१ माघ २६ गते ११:४६ मा प्रकाशित

 

 

 

 

 

विकास राज न्यौपाने, अमेरिका  _BRN0016
टेक्सास,०७ फेब्रुअरी, शनिबार । नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र (एन.सि.एस.सी ), अर्भिंग पूजा समितिको आयोजनामा हिजो फेब्रुअरी ७, २०१५ शनिबारका दिन श्री स्वस्थानी माताको पूजा एवं व्रत समापनको कार्य विशेष रुपमा सम्पन्न भयो। तर, धार्मिक पर्ब पनि तिथि भन्दा फरक दिनमा आयोजहरुले आफू खुशी निर्णय गरेको भनि सर्ब साधारणहरु त्यति सन्तुस्ट देखिएका थिएनन्। र अपेक्षाकृत भक्तजनहरुको उपस्थिति पनि रहेन।

_BRN9966
पौषशुक्ल पुर्णिमा (जनवरी ४, २०१५ ) बाट शुरु भै माघ शुक्ल पुर्णिमा ( फेब्रुअरी ३, २०१५) दिन समापन हुनु पर्ने श्री स्वस्थानी परमेस्वरी ब्रत कथा साङ्गेमा बढी भक्तजन सहभागिता हुने आंकलन गर्दै हिजो सनिवार (फेब्रुअरी ७, २०१५ ) का दिन राखिएको आयोजकहरुको तर्फबाट नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रका संयोजक डा मुरली अधिकारी तथा पूजा समिति संयोजक रमेश पोखरेलले बताउनु भयो।

_BRN9935
कार्यक्रममा महादेब पार्वती तथा स्वस्थानी झांकि ब्यबस्थापन – नेपाली म्युजिकल कल्चरल ग्रुपका संयोजक हरी थापाले तथा भजन क्रितन ब्यबस्थापन तुङ्गानाथ उपाध्याय् ले गर्नु भएको थियो। झाँकीमा प्रस्तुत शिब पार्वती साक्षात रुपमा प्रकट स्वरुपमा लिई दर्शन गर्ने र फोटो खिचाउने भने घुइचो थियो।
दर्शकहरुको पातलो उपस्थितिका सम्बन्धमा नेपाली समाजका महासचिब विजयराज भट्टराई, समाजसेबी कपिल अधिकारी, टिका पौडेल, प्रकाश गौतम, श्याम देवकोटा, राम घमाल, बिनोद तिवारी, प्रभात दिक्षित्, प्रविन ढकाल, दिपक घिमिरे, इन्द्रेणी कल्चर संघका अध्यक्ष नेत्र पाण्डे, एन.एस.टि का पूर्व अध्यक्ष बैकुण्ठ थापा लगाएत २०/२५ जनासंग जिज्ञासा राख्दा धर्म संस्कृतिका तिथि भनेको मान्छेको आस्तिक भावना संग जोडिने भएको हुँदा आयोजकले श्रदालु भक्तजनको भावना बुझ्दै यस्तो गल्तिबाट सिक्दै भोलिका दिनमा कुनै पनि चाड-पर्ब, तिथि संग सम्बन्धित महोत्सवहरु मनाउन weekend कुर्न नहुने विचार ब्यक्त गर्नु भयो।

_BRN9831
हिमालय खबरले झन्डै २०/२५ जना संग आजको स्वस्थानी पूजाको सम्बन्धमा राखेको जिज्ञासामा धेरै जनाले धार्मिक कार्यक्रम सोहि तिथिमा राखिने विचार राख्नुभयो (भिडियो हेर्नुहोस) । सबै जसो धार्मिक कार्यक्रममा देखिने पार्किंगको समस्या र गुनासो भने यस कार्यक्रममा देखिएन। कार्यक्रममा लगभग १६० जना भक्तजनहरुको उपस्थिति रहेको जानकारी एनएसटी प्रोग्राम इन्चार्ज छाबिमणि चापागाईले दिनुभयो ।
यसका साथै श्री पशुपतिनाथको महानपर्ब शिबरात्रि आउदो फेब्रुअरी १७, २०१५ का दिन परेको हुँदा सो कार्यक्रममा सोहि साँझ कार्यक्रम राखिएको हुँदा सबैको उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

 

प्रतिक्रिया