भारत तथा पाकिस्तानले कश्मीर सीमामा व्यापार स्थगन गरे
मुजफरावाद (पाकिस्तान), २५ माघ । भारतीय अधिकारीहरूले एक ट्रक चालकलाई लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेपछि भारत तथा पाकिस्तानले विवादास्पद क्षेत्र कश्मीरमा हाल कायम सीमामा व्यापार स्थगन गरेको जानकारी पाकिस्तानी अधिकारीले आइतबार दिएका छन् ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीर भारत तथा पाकिस्तानबीच विभाजित रहेको छ । दुबै मुलुकले उक्त क्षेत्र पूर्ण रूपमा आफ्नो भएको दाबी गरेका छन् ।
उनीहरूबीचको सीमामा सन् २००८ मा शान्ति प्रयासका रूपमा उत्पादन साटफेर व्यापार आरम्भ भएको थियो । यो व्यापार पनि विभिन्न विवादबीच पटकपटक अवरुद्ध बनेको छ ।
सीमाको पाकिस्तानी पक्षका व्यापार सहयोग अधिकारी बसरात इकबालले भारतीय अधिकारीले शुक्रबार साँझ उक्त दिनको बिहानै नियन्त्रण रेखा नाघेका २२ वटा पाकिस्तानी ट्रकलाई रोकिएको जानकारी दिएको बताउनुभयो ।
उहाँले भारतीय अधिकारीले सुन्तला लिएर गएको एक ट्रकमा १२ किलोग्राम अफिम फेला पारेको र चालकविरुद्ध कारवाही गरिने जानकारी दिएको उल्लेख गर्नुभयो । साथै उहाँले आफूहरूले पनि पाकिस्तानको कश्मीर पक्षमा ५० वटा भारतीय ट्रक रोकेको बताउनुभयो । उहाँले सीमाको दुबै पक्षमा यातायात एकैपटक हुने गरेको जानकारी दिनुभयो ।
पाकिस्तानी कश्मीर व्यापार तथा यातायात प्राधिकरणका महानिर्देशक इम्तियाज वायनले गैरकानुनी रूपमा मालसामान ओसारपसार गरेको आरोपमा भारतीय पक्षले पाकिस्तानी चालकमाथि कारवाही गर्न नपाउने बताउनुभयो ।
उहाँले सम्झौताअनुसार भारतीय पक्षले पाकिस्तानी ट्रकमा केही प्रतिबन्धित सामान फेला पारेमा त्यस्तो ट्रक तथा ट्रक चालकलाई थप कारवाहीका लागि पाकिस्तानी पक्षलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस विषयमा विदेश मन्त्रालयका अधिकारीलाई जानकारी दिइएको र यसलाई अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो ।
वस्तु साटफेरका साथै यहाँ सीमामा पृथक भएका आफ्ना नातेदारलाई भेट गर्ने विशेष अनुमतिपत्र पनि दिइने गरिएको बताइएको छ । यी नातेदारका सहयोगका सातामा दुई दिन बस सञ्चालन हुने गरेको बताइएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया