जापानले सिरिया जान प्रयास गर्ने पत्रकारको राहदानी खोस्यो
टोकियो, २५ माघ । इस्लामिक स्टेट समूहले दुई जापानी बन्धकलाई क्रूरतापूर्वक मारेपछि पनि सिरिया जाने योजना बनाएका एक पत्रकारको राहदानी जापान सरकारले खोसेको स्थानीय आमसञ्चारले आइतबार उल्लेख गरेका छन् ।
राहदानी प्राप्तकर्ताको जीवन संरक्षण गर्ने आधारमा टोकियोले पहिलोपटक त्यस्तो उपाय लिएको आसाही सिम्बुनले उल्लेख गरेको छ ।
पत्रिकाले विदेश मन्त्रालयले शनिबार स्वतन्त्र फोटोग्राफर युइची सुगिमोतोको राहदानी जफत गरेको उल्लेख गरेको छ । सुगिमोतोले शरणार्थी शिविर तथा अन्य स्थानको फोटो लिने गरी फेब्रुअरी २७ मा सिरिया प्रवेश गर्ने योजना बनाउनुभएको थियो ।
अन्ठाउन्न वर्षीय जापानी फोटोग्राफर सुगिमोतोले वर्षौँ इराक तथा सिरियाका द्वन्द्वग्रस्त क्षेत्रको फोटो खिच्नुभएको थियो । उहाँले इस्लामिक स्टेटले नियन्त्रण गरेको क्षेत्रमा प्रवेश गर्ने आफ्नो योजना नभएको बताउनुभयो भनी क्योडो समाचार संस्थाले उल्लेख गरेको छ ।
सुगिमोतोले विदेश मन्त्रालयका राहदानी महाशाखाका एक अधिकारी आएर आफ्नो राहदानी लिएको आसाहीलाई बताउनुभयो ।
उहाँले आफ्नो भ्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको विषयमा प्रश्न गर्नुभयो ।
जापानी पत्रकार केन्जी गोतो तथा हारुना युकावालाई इस्लामिक स्टेटका कट्टरपन्थीहरूले टाउको काटी मारेपछि सुगिमोतोको राहदानी जफत भएको हो ।
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
ट्रम्पले आफू बिरुद्ध मतदान गरेकी अलास्काकी सिनेटर बिरूद्ध अभियान चलाउने चेतावनी
अमेरिकामा १ करोड २४ लाख ४७ कोरोनाबाट मुक्त,८ करोड ७९ लाख १२ हजारले खोप लगाए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
प्रतिक्रिया