उपरथी थापा जिम्मेवारी सम्हाल्न न्युयोर्कतर्फ प्रस्थान
काठमाडौँ, २५ माघ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युएनडीओएफ) को फोर्स कमाण्डरमा नियुक्त हुनुभएका उपरथी पूर्णचन्द्र थापा आज आफ्नो जिम्मेवारी सम्हाल्न न्युयोर्कतर्फ प्रस्थान गर्नुभयो ।
उहाँलाई न्ययोर्क प्रस्थान गर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री नं.१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पूर्णबहादुर सिलवालले विदाई गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।
उपरथी थापा संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित मुख्यालयमा केही दिन रही मिसन इलाकातर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि विभिन्न मितिमा नेपाली सेनाका चार रथीले संयुक्त राष्ट्रसङ्घअन्तर्गत रही विभिन्न शान्ति मिसनहरूमा फोर्स कमान्डर र एकजना रथीले उपसैनिक सल्लाहकारको रुपमा संयुक्त राष्ट्रसङ्घको उच्च तहको जिम्मेवारी पुरा गरी सक्नुभएको जनाउदै नेपाली सेनाले यस्ता जिम्मेवारीले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च हुने विश्वास लिएको छ ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया