शिक्षित समाजले नै मुलुकको विकास गर्न सक्छ: शिक्षामन्त्री यादव
पर्सा, २५ माघ । शिक्षा मन्त्री चित्रलेखा यादवले दक्ष जनशक्ति र शिक्षित समाजले नै मुलुकको विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभएको छ ।
हरिखेतान बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले शिक्षाबिना विकास हुन नसक्ने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नु सबै शिक्षण संस्थाको साझा दायित्व रहेको बताउनुभयो ।
उहाँले दोस्रो विश्वयुद्धमा बर्वाद भएको अमेरिका र जापानले शिक्षामा लगानी गरी दक्ष र योग्य जनशक्ति उत्पादन गरेका कारण छोटो समयमै ठूलो विकास गर्न सफल भएको उदाहरण दिँदै मन्त्री यादवले सबैलाई गुणस्तरीय शिक्षा दिन सकिए मुलुक विकासको मार्गमा अगाडि बढ्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री यादवले देशलाई माया गर्ने र देशका लागि योगदान दिनसक्ने जनशक्ति उत्पादन गर्ने दायित्व शिक्षा क्षेत्रकै रहेकाले शिक्षण संस्थाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता अजय चौरसिया, सभासद् सुरेन्द्र चौधरी, पूर्व सभासद् अजय द्विवेदीलगायतका वक्ताले शिक्षा क्षेत्रको विकासले नै मुलुकको विकास गर्न सकिएको धारणा व्यक्त गरेका थिए ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया