प्रधानमन्त्रीको वक्तव्य सकारात्मक: एमाओवादी नेता पुन
काठमाडौँ, २५ माघ । एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले प्रधानमन्त्री सुशील कोइरालाले निकालेको वक्तव्य सकारात्मक भएको बताउनुभएको छ ।
रिपोर्टस क्लव नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सत्तापक्षले प्रक्रियाको बाटोलाई रोके आफूहरु सडक आन्दोलन छाडेर वार्तामा आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो वक्तव्यले वार्ताको सम्भावनालाई प्रष्टरुपमा देखाएको छैन, अपूर्ण छ तर ३० दलीय मोर्चाको बैठक बसेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गछौँ ।”
बाह्रबुँदे सहमति र विगतका शान्ति सम्झौता कार्यान्वयन हुने वक्तव्य आए आफू वार्तामा बस्ने तर आन्दोलन रोक्नमात्र वार्ता गर्ने भए आफूहरु वार्तामा नबस्ने उहाँले बताउनुभयो ।
सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीकोे वक्तव्य झारा टार्ने भएको भन्दै तत्काल वार्तामा बस्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्रीले निकालेको वक्तव्य हामीले राखेको माग सम्बोधन गर्ने खालको छैन ।”
उहाँले बहुमतीय आधारमा प्रश्नावली बनाएको भन्दै उक्त समिति खारेज नभएसम्म वार्तामा नबस्ने बताउनुभयो ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया