उपलब्धिको रक्षा गर्न संविधान निर्माण गरेरै छाड्ने: नेत्री भण्डारी
विराटनगर, २४ माघ । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभा बहिष्कार गर्दैमा संविधान निर्माणको कार्य नरोकिने बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ नगरसमिति विराटनगरको आठौँ अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै नेत्री भण्डारीले अन्तरिम संविधान र जनताको भावनाको आधारमा संविधानसभाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने दृढता प्रकट गर्नुभयो ।
उहाँले मुलुकलाई निकास दिएर अगाडि बढाउन एमालेले कुनै पनि हालतमा उपलब्धिको रक्षा गर्न संविधान निर्माण गरेरै छाड्ने जिकिर गर्नुभयो ।
उहाँले एनेकपा माओवादीले हिजोका सहमति र सम्झौताहरू समेटेर संविधान निर्माण गर्नुपर्ने भनिरहेको तर कुनै कालखण्डमा गरिएका ती सहमति सम्झौता संविधान निर्माणका सामान्य आधारमात्र हुने स्पष्ट पार्नुभयो ।
एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, महिला नेत्री यसोदा अधिकारी, सभासद्द्वय ऋषि पोखरेल र तारा राईलगायतले अधिवेशन सफलताको शुभकामना दिनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया