ऐतिहासिक धरोहरलाई नष्ट गर्न हुन्न: अध्यक्ष वैद्य
काठमाडौँ, २४ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसीलगायत उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।
भागवत्नरसिंह प्रधानद्वारा लिखित थँ वहिल विक्रमशील महाविहार ‘कमलपोखरी’ (भाग–१) को आज यहाँ विमोचन गर्दै उहाँले वर्तमान संविधानसभाले युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने हुँदा त्यसलाई विघटन गरी सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलन गरेर अगाडि बढ्नुपर्ने माग गर्नुभयो । आधुनिकतासँगै नयाँ भवन निर्माण गर्ने नाममा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएका धरोहरलाई नष्ट गर्न नहुने उहाँको भनाइ छ ।
नेपाः पार्टीका अध्यक्ष डा केशवमान शाक्यले नेपालको इतिहासलाई जोगाइराख्नका लागि ऐतिहासिक पुरातत्व वस्तुलाई जोगाइराख्नुपर्ने बताउनुभयो । इतिहासविद्द्वय डा चिरत्न मानन्धर र प्रा डा तुलसीराम वैद्यलले ऐतिहासिक सम्पदाको राज्यले संरक्षणको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
सिंहसार्थवाह (गरुढ भगवान्) को ऐतिहासिकता बोकेको थँ वहिल विहार अतिक्रमित अवस्थामा पुगेको सरोकारवालाको गुनासो रहँदै आएको छ । थँ वहिल विक्रमशील महाविहार समाजका अनुसार सोही स्थानमा निर्माणाधीन छायाँदेवी कप्लेक्सले विहारको नाउँमा कि.नं. १६७ भित्रको १२ रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।
समाजका अध्यक्ष प्रमेशबहादुर प्रधानले ऐतिहासिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने तथा सम्पदा अन्य प्रयोजनमा साठगाँठ गर्ने अधिकार कोही कसैलाई नरहेको बताउनुभयो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया