अमेरिकामा नब-आगन्तुक नेपालीहरुले ध्यान दिनु पर्ने कुराहरू:

इनेप्लिज २०७१ माघ २४ गते ३:४४ मा प्रकाशित

unnamed

के तपाई वैधानिक रूपले अमेरिकामा स्थाई बसोबास का लागि आउदै हुनुहुन्छ ? आउदै हुनु हुन्छ भने तपाईले धेरै कुराहरु आउनु भन्दा अगाडी नै ध्यान दिनु आवश्यक छ | धेरै नेपालीहरु बास्तबिक जानकारीको अभाबमा वा आफ्नै कमजोरी का कारण धेरै समस्यामा परेका छन् ! यस लेखको मूल आशय ति नब-आगन्तुक नेपालीहरु लाई सहि बाटो देखाउनु रहेको छ !अमेरिका एउटा अपार अवसर प्रदान गर्ने मुलुक हो जहाँ व्यापक प्रजातान्त्रिक स्वतन्त्रता छ ! त्यसैले बिश्वका सबै मुलुकका नागरिकहरु यस देशमा अटाएका छन् | एउटा अविकसित मुलुकबाट आएको मान्छे लाई निश्चय पनि यो अति बिकसित र खुल्ला प्रजातान्त्रिक मुलुकका हरेक कुराहरू अनौठा र अबिस्श्वनीय लाग्न सक्छन ! अत:तपाई डिभी वा अन्य बैधानिक बाटो बाट यो देशमा स्थाई बसोबासका लागि आउदै वा भर्खर्रै आउनु भएको भए निम्न कुरा हरुमा बिशेष ध्यान दिनु होस :

क) अमेरिका आउनु अगाडी ध्यान दिनु पर्ने कुरा हरु:
१) नेपालमा तपाई जे जस्तो हुने खाने भए पनि , सरकारी वा अन्य कार्यालयमा जे जस्तो ठुलो पदमा हुनु हुन्थ्यो त्यस लाई बिर्सनुस र मैले शुन्यबाट आफ्नो ज़िन्दगी सुरु गर्नु पर्छ भने सोच बनाउनु होस !
२) आफ्नो अध्यन तथा तालिम अनुभवको सम्पूर्ण कागजात आफु संगै लिएर आउनु होस, अमेरिकामा अध्यनको लागि यी कागजात हरुको आवश्यकता पर्छन |
३) नेपाल छोडे पछि कानुन, बोलि चालीका बेबहार, काम गर्ने तौर तरिका पनि एक दमै फ़रक हुन्छन, यसलाई ध्यान दिनु होस !
४) अमेरिकामा कानुन लाई भगवान सरह मानिन्छ र त्यही अनुरुप सबैले पालाना गर्छन, अत: आफ्नो सोचमा परिबर्तन गर्नु होस र अमेरिकन कानुनलाई नेपाली कानुन झैँ खेलबाड र मजाकका रुपमा कैले पनि नलिनु होस !
५) महिला, केटाकेटी र बूढा बुढी लाई सम्मान र मर्यादा राख्ने गर्नु होस !
६) जन्तु, जनावर, बोट बिरुवा लगायत प्रदुषण सम्बन्धी आफु लाई सचेत बनाउनु होस !
ख) अमेरिकामा प्रवेस गरे पछि ध्यान दिनु पर्ने कुरा हरु:
१) दिनमा एक घण्टा अमेरिकाको नियम कानुन का बारेमा अध्ययन गर्नु होस,स्थानीय समाचार हेर्ने र पढने बानी गर्नु होस !

२) DV बाट आएको भए नजिकको सोसियल सेकुरिटो को कार्यालय खोजि निबेदन दिनु होस , यसका लागि जो कोइ नेपाली साथी भाई वा आफन्तले मद्दत गर्ने छन् !

३) सोसियल सेकुरिटो नम्बर र ग्रिन कार्ड प्राप्त भए पछि छोरा छोरि भए तिनका लागि नजिक को स्कुलमा भर्नाको प्रकिया सुरू गर्नु होस।
४) नजिकको DMV कार्यालयमा परिचय पत्रको लागी निवेदन दिई परिचय पत्र बनाउनु होस !
५) आफ्नो अवस्था अनुसार आफु बसेको आसपास वा बसको सुविधा भएको स्थानमा काम खोज्नु होस र जे जस्तो काम पाईन्छ काम शुरू गर्नु होस!

6) साथी भाई आफन्तजनकोमा अस्थाई बसोवास गरेको भए भरसक अलग वस्नु होस, आफु आत्मनिर्भर हुने कोशिश गर्नु होस !

७) सुरुमा यातायातको कठिनाई हुन्छ, गाडी चलाउन सिक्नु होस र एउटा प्रयोग भएको गाडी सस्तोमा किनेर मितव्ययी हुनु होस !

८) नेपाली समुदायले अनेकौ संगठन खोलेका छन्, ख्याल गरेर मात्र ति संगठनमा आबद्द हुनु होस ! अमेरिकामा नेपाली राजनितीको कुनै अस्तित्व छैन यो कुरालाई ख़्याल गरी कसैको बहकाउमा नलाग्नु होस !

९) आफ्नो काममा ध्यान दिनु होस, अर्काको प्रगति, गाडी र बंगला देखेर आफ्नो मन न खुम्च्याउनु होस ! तपाई जस्तै अरुले पनि त्यस्तै दुख गरेर आफ्नो प्रगति गरेका हुन् यो कुरा ध्यान दिनुहोस !

१०) आफु आर्थिक रूपले सक्षम नहुन्जेल वा भरपर्दो कमाईको आधार नहुन्जेल घरमा लगानी नगर्नु होस ! तपाईलाई शुरू मै घर किन्न सल्लाहा दिनेहरू प्रसस्तै हुने छन, यसमा सचेत हुनु होस !

११) आफु लगायत परिवारको लागी मेडिकल ईन्सुरेन्स गराउनु होस । यसका लागी कम आम्दानी भएकाले अधिकतम सुविधा पाउने हुंदा नजिकको काउन्टी अफिसमा सल्लाह लिनु होस !
१२) प्रत्येक बर्ष आय कर तिर्न नभुल्नु होस ! यो अनिवार्य छ !

१३) तपाईलाई उच्त शिक्षाको लागी आफु बसेको स्टेटमा एक बर्ष बसी कर तिरेको भए सरकारी अनुदान प्राप्त गर्न सहज हुन्छ, यो कुरालाई ध्यानमा राखी आफ्नो पढ़ाई सुरू गर्नु होस ! यहॉ नपढी राम्रो जागिर पाउन कठिन छ !

१४) यो देशमा मेहनत नगरी खान पुग्दैन ! तपाईलाई विविध कारणले चिन्ता र पिरले सताउन सक्दछ ! यसलाई सामान्य रूपमा लिई चिन्ता नगर्नु होस र आफूलाई शारिरीक रूपमा तन्दुरूस्ती राख्नु होस ! यसका लागी नियमित योगा तथा अन्य व्यायाममा आफ्नो समय छुट्याउनु होस !

यदि तपाई नेपालमा आर्थिक रूपले सम्पन्न हुनु हुन्छ, पढ़ाई पुरा गरी आफ्नो पेशामा पहिचान बनाई रहनु भएको छ वा पूर्ण रूपमा स्थापित भै सक्नु भएको छ वा उमेर ढल्कदैछ भने अमेरीका तपाईको लागी स्थाई बसोवास गर्ने भरपर्दो थलो भने हुने छैन !

प्रतिक्रिया