‘सच्चिएर आए एमाओवादीसँग एकता हुनसक्छ’ :अध्यक्ष वैद्य
काठमाडौँ, २३ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एनेकपा (माओवादी) सच्चिएर आएको खण्डमा सिद्धान्तका आधारमा पार्टी एकता हुनसक्ने स्पष्ट पार्नुभएको छ ।
विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा आएको समाचारजस्तो तत्काल पार्टी एकता भने हुननसक्ने उहाँको भनाइ छ । ‘भक्तबहादुर श्रेष्ठ विविध आयाम’ नामक स्मृतिग्रन्थ र ‘माओवादी आन्दोलन गति र दिशा’ नामक पुस्तकको यहाँ आज विमोचन गर्दै उहाँले नेकपा–माओवादीले एमाओवादीसँग मात्र होइन् माक्र्सवाद, लेनिनवाद, माओवाद तथा नयाँ जनवाद् मान्ने र विगतका कमजोरी सच्याउँदै संसदीय जनवादको विरोध गरी जनवादी केन्द्रीयतालाई मान्ने जो कोही पार्टीसँग पनि पार्टी एकता हुनसक्छ भन्नुभयो ।
नेपालका कम्युनिस्ट पार्टीहरु विभाजित भएको अवस्थामा अन्य शक्ति बलियो हुँदै गएको भन्दै उहाँले एनेकपा—माओवादी र नेकपा–माओवादी मात्रैभन्दा पनि सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकताको आवश्यकता छ भन्नुभयो । उहाँले पार्टीबाट विभाजित भएर गएको नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई पुनः आफ्नै पार्टीमा फर्कनसमेत आग्रह गर्नुभयो । वर्तमान संविधानसभाले संविधान जारी गर्न नसक्ने हुँदा त्यसलाई विघटन गरी सर्वपक्षीय, सर्वदलीय सम्मेलनको आयोजना गर्नुपर्ने उहाँको भनाइ थियो ।
पार्टीका उपाध्यक्ष सिपी गजुरेलले क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने प्रयास भइरहेको अवस्थामा कम्युनिस्टबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । भक्तबहादुर स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘माओवादी आन्दोलन, गति र दिशा’ नामक पुस्तकमा माक्र्सवाद, कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलन, एनेकपा (माओवादी) र नेकपा–माओवादीका बारेमा विश्लेषणात्मक सात लेख समावेश गरिएका छन् ।
त्यसैगरी, ‘भक्तबहादुर श्रेष्ठ विविध आयाम’मा कम्युनिस्ट आन्दोलनका हस्ती भक्तबहादुर श्रेष्ठको जीवन र व्यक्तित्वबारे १२ लेख समावेश गरिएका छन् । प्रा डा सुरेन्द्र केसी र प्रा रमेश शर्माले नेपालका कम्युनिस्ट दल र दलका नेताहरु रुपान्तरित हुनुपर्नेमा जोड दिनुभयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया