बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०५:४३
वासिङटन डिसी 19:58

चीनमा होलसेल बजारमा आगलागी, १७ जनाको मृत्यु

इनेप्लिज २०७१ माघ २३ गते ८:०६ मा प्रकाशित

 

 

mira-2-800x600काठमाडौं, २३ माघ । चीनको होलसेल बजारमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । चीनको दक्षिणी क्षेत्रको ग्वाङडोङ प्रान्तमा रहेको बजारमा शुक्रबार लागेको आगो ६ घन्टापछि नियन्त्रणमा लिइएको थियो ।

आगलागी नियन्त्रणका लागि ८ सय अग्नि नियन्त्रक खटिएका थिए । आगलागीमा करोडौंको धनमाल जलेर नष्ट भएको थियो । आगलागीको कारणबारे अनुसन्धान जारी छ । आगलागीमा २५ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । तस्वीरः एजेन्सी

प्रतिक्रिया