ला लिगामा रियल मड्रिडको चार अंकको अग्रता कायमै
काठमाडौं, २२ माघ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ। गएराति भएको खेलममा लिग लिडर रियल मड्रिडले सेभिल्लालाई २–१ ले पराजित गर्दै लिगमा आफ्नो अग्रता कायमै राखेको छ।
रियल मड्रिडका लागि जेम्स रोड्रिग्बेजले खेलको १२औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ३६ औं मिनेटमा जोसेले गोल गर्दै टिमलाई २-०को स्थितमा पुर्याएका थिए। चोटका कारण जेम्स रोड्रिग्बेजले २७ औं मिनेटमा मैदान छोडेपछि केही दबाबमा रहेको मड्रिडले खेलको ८०औ मिनेटमा गोल खाएको थियो। खुट्टा फ्याक्चर भएर मैदान बाहिरिएका रोड्रिग्बेजले कम्तिमा दुई महिना आराम गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन्।
त्यसअघि नवौं मिनेटमा सर्जिओ रामोस पनि चोटका कारण मैदानबाट बाहिरिएका थिए। गएरातिको जितसँगै रियल मड्रिडको २१ खेलबाट ५४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ५० अंक छ। यस्तै तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ४७ अंक छ। एजेन्सी
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया