तनहुँका १२ वटा सामुदायिक विद्यालय बन्द

इनेप्लिज २०७१ माघ २२ गते १:३९ मा प्रकाशित

Tanahu_district_locationदमौली, २२ माघ । विद्यार्थी सङ्ख्या कम भएका तनहुँका १२ वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।

विद्यार्थी सङ्ख्या कम भई बन्द हुनेमा शिव प्रावि सतिश्वाँरा– २, बालज्योति प्रावि रुपाकोट–१, लक्ष्मी प्रावि जामुने– ३, भुवानी प्रावी तनहुँसुर– ७, महादेव प्रावि तनहुँसुर– ६ रहेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै बन्द हुने अन्य विद्यालयमा बालदेवी प्रावि मनपाङ– ३, कोटकालिका प्रावि घाँसीकुवा– ३, बालकल्याण प्रावि बन्दिपुर– ९, पोखरीभञ्ज्याङ प्रावि माझकोट– ४, गणेश प्रावि मिर्लुङ, प्रगति सदन प्रावि बरभञ्ज्याङ र बुद्धदाहाल प्रावि व्यास– १ रहेका छन् ।

ती विद्यालय बन्द भएपछि शिक्षकलाई नजिकको विद्यालयमा पायक पर्ने गरी सरुवा गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताउनुभयो ।

अघिल्लो वर्ष विद्यार्थी सङ्ख्या कम भएका बुद्ध प्रावि, निर्मल प्रावि, जनता प्रावि, जनजागृति प्रावि र जय नेपाल प्रावि बन्द भएका थिए ।
विद्यार्थी सङ्ख्या कम भएका ती विद्यालयले व्यवस्थापन समितिको बैठक बसी स्वस्फुर्तरुपले विद्यालय बन्द गराउनका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएपछि सो प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया