कतारको जनसङ्ख्या सन् २०१४ मा दश प्रतिशतभन्दा बढीले वृद्धि भयो
दोहा, २१ माघ । कतारको जनसङ्ख्या गत वर्ष १० प्रतिशतले भन्दा बढेको र त्यसको कारण यस मुलुकले आधारभूत परियोजनामा गरेका व्यापक खर्चलाई मानिएको बुधबार बताइएको छ ।
कतार नेसनल बैङ्कले (क्युएनबी) ले आफ्नो मासिक अनुगमन प्रतिवेदनमा खाडीमा ऊर्जाको धनी यस मुलुकमा बसोबास गर्न आउने व्यक्तिका कारण जनसङ्ख्या सन् २०१४ मा १०.१ प्रतिशतले बढेको बताइएको छ ।
क्युएनबीले विदेशी कामदारले यहाँ प्रत्येक वर्ष सिर्जना भएका एक लाख २० हजार स्थान पदपूर्ति गर्ने गरेको जानकारी दिएको छ ।
कतारको जनसङ्ख्या २२ लाख रहेको छ र यसको ९० प्रतिशत विदेशी रहेको बताइएको छ ।
गत वर्ष कतारको जनसङ्ख्या वृद्धिदर सन् २०१० पछि सबैभन्दा अधिक देखिएको छ । यस वर्ष यस मुलुकको जनसङ्ख्या ११ प्रतिशत भन्दा बढी बढेको बताइएको छ ।
सन् २०११ देखि २०१३ सम्म कतारको जनसङ्ख्या वार्षिक रूपमा औसत सात प्रतिशतले बढेको देखिएको छ ।
कतारमा हरेक वर्ष आधारभूत संरचनामा ठूलो लगानी हुने गरेकाले दसौँ हजार नयाँ रोजागारी सिर्जना हुने गरेको छ ।
हालै तेलको मूल्यमा कटौती भए पनि यो प्रवृत्तिमा परिवर्तन नहुने बताइएको छ ।
कतारका अर्थमन्त्री अली सरिफ अल–एमादीले हालै करिब २०० अर्ब अमेरिकी डलर बराबरको परियोजना स्वीकृति भएको र त्यसमा मुलुकमा सन् २०२२ मा विश्वकप फुटबल आयोजना हुने भएकाले रेलमार्गको सञ्जाल, नयाँ बन्दरगाह निर्माण हुने जानकारी दिनुभयो ।
क्षेत्रीय व्यापार अनुसन्धान विशेषज्ञ मिदले कतारले २०१५ सम्म ३० अर्ब अमेरिकी डलरको नयाँ आधारभूत संरचनाका परियोजना सम्पन्न गर्ने धारणा राखेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया